पर्वले सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन्ः कावा सभापति खड्का

Call24News

काठमाडौँः शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वले आपना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा सबैलाई प्रेरित गर्दै आएको उल्लेख गरेका छन्।

तामाङ जातिको पर्व ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षका अवसरमा शुभकामना व्यक्त गर्दै कावा सभापति खड्काले पर्वले सामाजिक सद्भावलाई समेत थप सुदृढ बनाउँदै आएको बताएका छन्। विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक र ऐतिहासिक रीतिरिवाज तथा परम्परा रहेका र तीमध्ये सोनाम ल्होसारले तामाङ समुदायको सामाजिक जीवनमा गहिरो छाप छोड्दै विशिष्ट पहिचान स्थापित गरेको उनको भनाइ छ।

कावा सभापति खड्काले प्रकृतिप्रेमीका रुपमा परिचित तामाङ समुदायले यस पर्वका अवसरमा कुलपुजा तथा प्रकृतिको आराधना गर्दै आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश प्रवाह गर्दै आएको उल्लेख गरेका छन। उनले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वासका साथ सबैमा शुभकामना व्यक्त गरेका छन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार