सुदूरपश्चिमका १० निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार टुंगिए

Call24News

धनगढीः सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १० वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारको टुंगो लगाएको छ । १६ निर्वाचन क्षेत्र रहेको प्रदेशमा पार्टीले आधाभन्दा बढी क्षेत्रमा उम्मेदवार तय गरेको हो ।

रास्वपाले डडेल्धुराबाट डा. तारा जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जोशी २०७९ सालको निर्वाचनमा डडेल्धुरा–१ (१) बाट स्वतन्त्र रूपमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । टिकट पक्का भइसकेको जानकारी दिँदै उनले आजै काठमाडौंबाट गृहजिल्ला फर्किरहेको बताए । सुरुमा सागर ढकालले डडेल्धुराबाट चुनाव लड्ने इच्छा देखाए पनि जिल्लामा अनुकूल माहोल नबनेपछि उनी पछि हटेका हुन्

यसैगरी, बाजुराबाट हेमराज थापा, बझाङबाट शैलेश सिंह उम्मेदवार बन्ने भएका छन् । कञ्चनपुर–१ बाट जनकसिंह धामी, २ बाट दीपक बोहरा र ३ बाट ज्ञानेन्द्र महतारालाई रास्वपाले उम्मेदवार बनाएको छ । कैलालीका निर्वाचन क्षेत्रमध्ये १ बाट कोमल ज्ञवाली, ३ बाट लक्ष्मण थारू, ४ बाट हरि रेग्मी र ५ बाट आनन्द चन्द चुनावी मैदानमा उत्रिने भएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार