काठमाडौं । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पनि डडेलधुराबाट चुनावी प्रतिष्पर्धामा उत्रिने तयारी गरेका छन् । उनी निकट एक नेताले दिएको जानकारीअनुसार देउवा डडेलधुराबाट चुनाव लड्न चाहन्छन् ।
देउवाको तर्फबाट सभापति गगन थापासँग नजिकका नेताहरु छलफल गरेको स्रोतले जानकारी दियो ।
“सभापति गगन थापासँग रमेश लेखकले छलफल गर्नुभएको छ,” स्रोतले भन्यो,“डडेलधुरामा शेरबहादुर देउवा नै चुनाव लड्ने तयारीमा हुनुहुन्छ । त्यो मनस्थिति बनाउनुभएको छ ।”
सभापति थापाले पनि देउवा चुनाव लड्न तयार भए नरोक्ने सन्देश पठाएको स्रोतले जानकारी दियो ।
स्रोतले दिएको जानकारीअनुसार अहिले पनि देउवा निवास महाराजगन्जमा उनीनिटक नेताहरु छलफलमा जुटेका छन् ।
पूर्णबहादुर दड्का, मीनेन्द्र रिजाल, बालकृष्ण खाँणलगायतका नेताहरु छलफलमा रहेको स्रोतले जानकारी दियो ।
“राति अबेरसम्म तीन पक्षकै नेताहरु छलफलमा जुटेका थिए,” स्रोतले भन्यो,“मोटामोटी टिकट पाउने नेताहरुको नाम टुंगिइसकेको छ । अब सहमति भयो भने एकैपटक सार्वजनिक हुन सक्छ ।”
राति सहमतिनजिक पुगेको भए पनि बिहान देउवाले सभापतिकै हैसियतमा ल्होसारको शुभकामना दिएको, पूर्णबहादुर खड्काले पनि कार्यवाहककै हैसियतमा दिएको हुनाले केही विवाद देखिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्