सिरहा-४ मै फर्किए पूर्वमन्त्री राजकिशोर यादव

Call24News

२०७९ को आम निर्वाचनमा सिरहा-२ मा पूर्वमन्त्री कांग्रेस नेतृ चित्रलेखा यादवलाई पराजित गरेका राजकिशोरले २४ हजार १ सय ७८ मत प्राप्त गर्दा चित्रलेखाले २३ हजार २८ मत पाएकी थिइन् ।

सिरहा — जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री राजकिशोर यादव सिरहा- ४ मै फर्किएका छन् । यसअघि सिरहा-२ बाट निर्वाचित उनी यसपालि सिरहा-४ बाट चुनाव लड्ने भएका हुन् ।

२०७९ को आम निर्वाचनमा सिरहा-२ मा पूर्वमन्त्री नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई पराजित गर्दै उनी विजयी भएका थिए । राजकिशोरले २४ हजार १ सय ७८ मत प्राप्त गर्दा चित्रलेखाले २३ हजार २८ मत पाएकी थिइन् ।

यादव सिरहा- ४ कै बासिन्दासमेत हुन् । सिरहा-२ अघि उनी २०७४ को निर्वाचनमा सिरहा-४ बाटै चुनाव जितेका थिए । पहिलो पटक २०६३ मा साबिक सिरहा-६ बाट विजयी उनी २०७० को चुनावमा भने पराजित भएका थिए ।

यादव दुईपटक मन्त्री र एकपटक संसदीय समितिको सभापति भइसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार