डडेल्धुराः सुदूरपश्चिम प्रदेश सभा सदस्य डा.तारा प्रसाद जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डडेल्धुरामा प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्।
रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जोशीलाई डडेल्धुराको आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो। ‘भिजन डडेल्धुरा’ अभियानका अभियान्ता रहेका जोशी लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छन्। उनी गत प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जित्दै नेपाली काँग्रेसका बहालवाला मन्त्री गोविन्दराज बोहरालाई पराजित गर्न सफल भएका थिए।
रास्वपाले डा.जोशीलाई सक्षम, इमानदार र जनमुखी उम्मेदवार का रूपमा अघि सारेको जनाएको छ। प्रदेश सभा सदस्यका रूपमा रहँदा उनले स्वास्थ्य, शिक्षा तथा दुर्गम क्षेत्रका नागरिकका समस्यालाई सदनमा प्रभावकारी रूपमा उठाउँदै आएका थिए।




प्रतिक्रिया दिनुहोस्