स्पेनमा दुई उच्च गतिको रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु

Call24News

काठमाडौँ: स्पेनको दक्षिणी भागमा दुई वटा उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना गम्भीर घाइते भएका छन्।

स्पेनको रेल निकाय एडीआईएफका अनुसार आइतबार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको एक उच्च गतिको रेल कोर्डोबाको एडामुज नजिक ट्र्याकबाट चिप्लिएर अर्को ट्र्याकमा पुगेको थियो। सोही क्रममा विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा दुवै रेल ट्र्याकबाट खसेका हुन्।

स्पेनको गृह मन्त्रालयले हालसम्म कम्तीमा २१ जनाको मृत्यु पुष्टि गरेको छ। एन्डालुसिया क्षेत्रको आपतकालीन सेवाले २५ जना गम्भीर रूपमा घाइते भएको बताएको छ। दुर्घटनापछि एन्डालुसिया क्षेत्रबाट म्याड्रिडतर्फका रेल सेवा स्थगित गरिएको छ। कोर्डोबा, सेभिल्ला, मालागा र हुवेल्भाबाट चल्ने रेल सेवा कम्तीमा सोमबारसम्म बन्द रहने एडीआईएफले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार