रविलाई निर्वाचनमा लखेट्ने महेश बस्नेतको चेतावनी

Call24News

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बहिष्कार गर्ने बताएका छन् । काठमाडौँमा आयोजित पार्टीको निर्वाचन केन्द्रित विशेष जनसभामा बोल्दै बस्नेतले यस्तो बताएका हुन् । 

उनले लामिछानेलाई सहकारी ठगको आरोप लगाउँदै निर्वाचनमा बहिष्कार गर्ने, लखेट्ने योजनासहित एमाले अघि बढ्नेसमेत बताएका छन् । 

HIGHLIGHTSमहेश बस्नेतले निर्वाचनमा रवि लामिछानेलाई बहिष्कार गर्ने बताएका छन् ।

‘…सहकारी ठग रवि लामिछाने बहिष्कार । उनलाई लखेट्ने हो । यसपालिको आन्दोलनको एजेण्डा यही हो ।’, बस्नेतले भने, ‘१० वटा मुद्दा बोकेर हिँडेको छ । ४, ५ वटा श्रीमती लिएर हिँडेको छ ।’

त्यस्तै, उनले लामिछाने विभिन्न मुद्दामा जेलिएको भन्दै उनीलाई नेपाली जनताले निर्वाचनमा साथ नदिने समेत दाबी गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार