मेयरबाट राजीनामा दिने निर्णयबाट पछि हटे बालेन, के हो कारण ?

Call24News

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडाैंको मेयरबाट राजीनामा दिने निर्णयबाट पछि हटेका छन् । उनले आज पार्टी कार्यालय च:मती जानुअघि राजीनामा दिने चर्चा थियो ।

शाहका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंका अनुसार  महानगर प्रमुखबाट शाहले अहिलेसम्म  राजीनामा बुझाएका छैनन् ।

स्रोतका अनुसार बालेन प्रतिनिधिसभाको उम्मेदवार बने पनि राजीनामा नदिने मनस्थितिमा पुगेका छन् । उम्मेदवारी दर्ता भए मेयर पद स्वत: निष्क्रिय हुने प्रावधान छ । सोही प्रावधानलाई टेकेर शाह अघि बढ्ने बताइएको छ । 

यदि चुनाव सर्ने परिस्थिति बनेमा महानगरमा फर्किने बाटो खुलै रहने मनस्थितिसहित बालेन राजीनामा दिने निर्णयबाट पछि हटेको बताइन्छ । 

रास्वपा प्रवेश गरेका बालेन आज पहिलोपटक पार्टी कार्यालय जाने कार्यक्रम छ । उनको स्वागतमा कार्यलयमा विशेष समारोहको आयोजना गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । कार्यालयमा शाहका लागि विशेष कार्यकक्ष बनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार