सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

Call24News

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएका छन् ।

सुदूरपश्चिमका नौ  जिल्लामध्ये कैलालीमा ५, कञ्चनपुरमा ३, अछाममा २ अन्यमा एकएक गरी १६ वटा निर्वाचन क्षेत्र कायम छन् । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले टुङ्ग्याएका उम्मेदवारमा १२ जना सङ्घीय र प्रदेशका पूर्वमन्त्री हुन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं. १ बाट भीमबहादुर रावल, सोही दलका  कैलाली क्षेत्र नं. ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नं. १ मा विना मगर तथा त्रिलोचन भट्टलाई डोटीबाट उम्मेदवार बनाइएको छ । 

प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह बाजुराबाट, नेपाली कम्युनिष्ट पार्टीबाट कञ्चनपुर – २ मा लालबहादुर खड्का कञ्चनपुर– ३ मा मानबहादुर सुनार उम्मेदवार हुने भएका छन् ।

नेकपा (एमाले)ले  दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, कैलाली ४ मा लेखराज भट्ट, कैलाली– ३ का गौरीशङ्कर चौधरी र अछाम १ मा झपटबहादुर बोहरालाई प्रत्याशी बनाउने निर्णय गरेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार