आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै, चाँदीको भाउ भने आज तोलामा २० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६४५ रुपैयाँ रहेको चाँदी आज ५ हजार ६२५ रुपैयाँमा झरेको छ । चाँदी पनि गत बुधबार हालसम्मकै उच्च ६ हजार ६५५ रुपैयाँ पुगेको थियो ।




प्रतिक्रिया दिनुहोस्