सुदूरपश्चिममा एमालेबाट उम्मेदवार चयन, कुन जिल्लाबाट को? 

Call24News

धनगढी: आगामी निर्वाचनका लागि नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न जिल्लामा उम्मेदवारहरूको नाम अगाडि सारेको छ। प्रदेशका नौ वटै जिल्लामा एमालेबाट प्रतिनिधित्व गर्ने नेताहरूको सूची सार्वजनिक गरिएको छ।

एमालेका अनुसार कैलाली-१ बाट द्वारिका न्यौपाने, कैलाली-२ बाट सूर्यबहादुर थापा, कैलाली-३ बाट गौरीशंकर चौधरी, कैलाली-४ बाट लेखराज भट्ट र कैलाली-५ बाट यज्ञराज ढुङ्गाना उम्मेदवार बनेका छन्।

कञ्चनपुर जिल्लाको क्षेत्र नाबर -१ बाट कमला बोहरा, क्षेत्र नम्बर २ बाट वचनबहादुर सिंह र क्षेत्र नम्बर ३ बाट दीपक भट्टलाई एमालेले उम्मेदवार बनाएको छ। प्रदेश सभा सदस्य धर्मराज पाठकले सामाजिक सञ्जालमा राखेको विवरणमा  अछाम १ बाट झपटबहादुर बोहरा र २ बाट यज्ञ बोगटी उम्मेदवार बनेका छन्।

बाजुराबाट लालबहादुर थापा, डोटीबाट दीपक धामी, डडेल्धुराबाट चक्र स्नेही र बझाङबाट अफिलाल ओखेडाको उम्मेदवार बन्ने भएका छन्। बैतडी जिल्लाबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्नालाई एमालेले टिकट दिने भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार