पत्रकारहरुले पनि देश चलाउन सक्छन भन्ने मान्यता स्थापित भएको छ : मन्त्री खरेल

Call24News

काठमाडौं । सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सञ्चारकर्मीले आवश्यक पर्योभने मन्त्रालय, वडा, पालिका र प्रदेश सबै चलाउन सक्ने मान्यताहरु स्थापित हुँदै गएको बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटनमा उनले राज्य सञ्चालन भनेको सँधै राजनीतिकर्मीले मात्र गर्न सक्छन भन्ने पुरातन मूल्य र मान्यताहरु तोडिदै गएको भन्दै पत्रकारहरुले पनि देश चलाउन सक्ने मान्यताहरु स्थापित भएको बताए ।

उनले भने, ‘राज्य सञ्चालन सँधै राजनीतिकर्मीले मात्र सक्छन्, जसले राजनीतिलाई नै मूल पेशा बनाएका छन् उनीहरुले मात्र गर्न सक्छन्, उनीहरुले मात्र गर्नुपर्छ र उनीहरु मात्रै राज्य सञ्चालनको लागि बनेको हो भन्ने केही पुरातन मूल्य र मान्यताहरु अब तोडिदै गएका छन् । एउटा पत्रकार, सञ्चारकर्मीलाई समाचार लेख्न मात्रै होइन आवश्यक परेमा पत्रकारले देश चलाउन सक्छन् । मन्त्रालय, वडा, पालिका र प्रदेश चलाउन सक्छन भन्ने मान्यताहरु स्थापित हुदैँ गएका छन् ।’
सञ्चारकर्मीलाई देशको बारेमा थाहा नभएको केही कुरा नभएको पनि उनको भनाई छ ।

यस्तै, उनले एउटा पत्रकारलाई मन्त्री बनाएर पत्रकारिताकै बद्नाम भयो भन्ने अवस्था सिर्जना नगरेको भन्दै इमान, प्रतिष्ठा र आत्मसम्मानप्रति दखल पार्नु हुँदैन् भन्ने कुरामा सँधै सचेत रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार