काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेका छन्। निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सभापति थापाले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।
बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बस्ने जनाइएको छ। बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ। विशेष महाधिवेशनबाट निर्वाचित भएपछि उहाँले शुक्रबार निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेका थिए।




प्रतिक्रिया दिनुहोस्