महान्यायाधिवक्ताले निर्णयले युवाहरूको आवाजलाई कुल्चियो- भीम रावल

Call24News

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले महान्यायाधिवक्ताले संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अभियोग लागेका मानिसहरुको मुद्दा खारेज गर्ने निर्णय गरी युवाहरूको आवाजलाई कुल्चेको आरोप लगाएका छन् ।

नेता रावलले महान्यायाधिवक्ताको यो निर्णयले खैरो सूचीमा परि कालो सूचीमा पर्ने खतरामा रहेको देशलाई कुशासन र स्वेच्छाचारीतन्त्रमा धकेल्ने कुचेष्टा गरेको बताएका छन् ।  

महान्यायाधिवक्ता सबिता भण्डारीले रास्वपा सभापति रवि लामिछानेसहित उनको मुद्धासँग जोडिएका व्यक्तिहरुको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धा फिर्ता लिन अनुमति दिने निर्णय गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्धा समेत दायर भएको छ  । 

नेता रावलले भनेका छन्: 

भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा युवाहरूले उठाएको आवाजको जगमाथि बनेको अन्तरिम सरकारका महान्यायाधिवक्ताले संगठित अपराध र  सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अभियोग लागेका मानिसहरुको मुद्दा खारेज गर्ने निर्णय गरी युवाहरूको आवाजलाई कुल्चेको मात्र छैन, खैरो सूचीमा परि कालो सूचीमा पर्ने खतरामा रहेको देशलाई कुशासन र स्वेच्छाचारीतन्त्रमा धकेल्ने कुचेष्टा गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार