विशेष महाधिवेशन कुनै विवादको विषय थिएन : सभापति थापा

भक्तराज जोशी

काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको स्पष्ट गर्दै विशेष महाधिवेशन कुनै विवादको विषय नभएको बताएका छन् ।

सभापति थापाले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानून तथा पार्टी विधानअनुसार निर्णय गरेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन । निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ । यसप्रति हामी आभारी छौ ।’

विज्ञप्तिमा नेपाली कांग्रेस कुनै एक नेताको चाहनाले नभई आम सदस्यको चाहनाले चल्ने पार्टी भएको दाबी गरिएको छ। विशेष महाधिवेशनमार्फत पार्टी आफ्ना मूल मूल्य, मान्यता र आदर्शतर्फ फर्किएको र सुधार (रिफर्म) को यात्रा सुरु भइसकेको जनाइएको छ।

‘पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ । अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीभित्र गुट अन्त्य भइसकेको उल्लेख गर्दै अब गुटगत भागबण्डा नहुने पनि विज्ञप्ति मार्फत भनिएको छ। सबै तहका नेता–कार्यकर्तालाई संयमित, जिम्मेवार र एकताबद्ध रहन आग्रह गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार