गगनकुमार थापापक्षले नेपाली कांग्रेसको आधिकारिकता पाएपछि पूर्वमन्त्री डा. नारायणबहादुर खड्काले उम्मेदवार सिफारिसको सूचीबाट नाम फिर्ता लिएका छन् ।
खड्काले पत्रमार्फत कांग्रेस कार्यालय मुख्यसचिवलाई आफ्नो नाम उम्मेदवार सिफारिसको सूचीबाट फिर्ता लिएको जानकारी गराएका छन् । उनले पत्रमा भनेका छन्, ‘उम्मेदवारहरूको प्रस्तावित सिफारिस सूचीमा मेरो पनि नाम राखिएकोमा मेरो नाम सो सूचीबाट हटाइदिनुहुनको लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई मेरो यो पत्रको जानकारी गराइदिनुहुन अनुरोध गर्दछु ।’
खड्काको नाम कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि सिफारिस भएको थियो ।
पूर्वपरराष्ट्र र शहरी विकासमन्त्रीसमेत रहेका खड्का २०५६ देखि उदयपुरबाट चुनाव जित्दै आएका व्यक्ति हुन् ।
उनी शेरबहादुर देउवापक्षका नेता हुन् ।




प्रतिक्रिया दिनुहोस्