“देउवा पक्षको बैठक आज, शेखर कोइराला निकट अनुपस्थित”

Call24News

काठमाडौं ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई औपचारिक मान्यता दिएपछि पार्टीभित्रको विवाद बढेको छ। आयोगको निर्णयपछि शेरबहादुर देउवा पक्षले आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन बोलाइएको छ। तर, विशेष महाधिवेशनको वैधानिकता दिने आयोगको निर्णयपछि शेखर कोइराला निकट केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्।

निर्वाचन आयोगको निर्णयपछि कांग्रेसभित्रको आन्तरिक राजनीतिक अवस्था संवेदनशील बनेको छ। देउवा, शेखर र गगन थापा पक्षबीचको शक्ति सन्तुलन र आगामी राजनीतिक कदमबारे चासो बढेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार