काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । उनले ४ माघबाट लागू हुने गरी राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।
पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई राजीनामा बुझाएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा उनी काठमाडौं– ४ बाट चुनाव लड्ने चर्चा छ ।
यहाँबाट कांग्रेस नेता गगन थापा विजयी हुँदै आएका छन् । यद्यपि पाण्डेले भने कुन क्षेत्रबाट लड्ने निश्चित भइनसकेको बताउँदै आएका छन् ।




प्रतिक्रिया दिनुहोस्