न्यून आवेदन परेपछि थपियो म्यादी प्रहरीको म्याद

जिल्ला प्रशासन कार्यालय,कास्कीले निर्वाचन प्रहरीको लागि आवेदन दिने म्याद थप गरेको छ । तोकिएकोभन्दा कम संख्यामा आवेदन परेपछि गृह मन्त्रालयको निर्देशनअनुसार दुई दिन म्याद थपिएको प्रशासनले जनाएको छ । 

प्रशासनले सूचना जारी गर्दै आज र भोलि आवेदन दिनसक्ने जानकारी गराएको छ । ‘यस जिल्लालाई आवश्यक पर्ने निर्वाचन प्रहरी संख्याको तुलनामा आवेदन कम परेको हुँदा गृह मन्त्रालयको निर्देशनअनुसार दरखास्त दिने अवधि दुई दिन थप गरी दरखास्त दिने अन्तिम म्याद मिति २०८२–१०–३ गतेसम्म कायम गरिएको…’,सूचनामा उल्लेख छ । 

कास्कीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालतर्फबाट दुई हजार ३०३ प्रहरी भर्ना गर्न लागिँदैछ । त्यसैगरी, तनहुँमा पनि दुई दिन म्याद थप भएको छ ।

छनौटका लागि माघ ४ गते सम्पर्क मिति तोकिने प्रशासनले जनाएको छ । फागुन २१ गते हुन लागेको निर्वाचनका लागि कास्कीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालतर्फबाट दुई हजार ३०३ प्रहरी भर्ना गर्न लागिँदैछ । त्यसैगरी, तनहुँमा पनि दुई दिन म्याद थप भएको छ । 

एक हजार ५७३ जना निर्वाचन प्रहरी माग भएकोमा न्यून संख्यामा मात्र आवेदन परेपछि म्याद थपिएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । प्रहरी मुख्यालयले निर्वाचन प्रहरी भर्नाका लागि गत पुस २४ गते आवेदन खुलाएको थियो । एक लाख ३३ हजार ९८० जना माग भएकोमा कतिपय जिल्लामा तोकिएकोभन्दा कम संख्यामा आवेदन परेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार