नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी अझै नफुटेको बताएका छन् । भृकुटीमण्डपको विशेष महाधिवेशन भेलालाई सम्बोधन गर्दै उनले भने, “हामीले भनेका थियौँ पार्टीलाई फुट्न दिन्नौँ । यो पार्टी फुटेको छैन । एक छ । यो महाधिवेशनको क्रममा छ । आज बेलुका यो महाधिवेशनको क्रममा यो अध्याय सकिन्छ ।”
विशेष महाधिवेशनले जे निर्णय गर्छ त्यही कार्यकारीलाई नेपाली कांग्रेसले अडाडि बढाउने बताए । “यसले जे निर्णय गर्छ त्यो निर्णयबाट आएको कार्यकारीलाई नेपाली कांग्रेस पार्टीले अगाडि बढाउँछ । संविधानले पनि त्यही भन्छ ।” उनले थपे ।




प्रतिक्रिया दिनुहोस्