विश्वप्रकाशको प्रश्न– ८ बुँदा देश र कांग्रेसको अहितमा थिए ?

भक्तराज जोशी

 नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले ८ बुँदा पार्टी र देशको अहितमा थिए भनी प्रश्न गरेका छन् । विशेष महाधिवेशन पक्षधरलाई पठाएका आठ बुँदा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै यस्तो प्रश्न गरेका हुन् ।
उनीसहित गगन थापा र फरमुल्लाह मन्सुरलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएलगत्तै यस्तो प्रश्न सोधेका हुन् ।

यस्तो छ शर्माले सामाजिक सञ्जालमा राखेका धारणा 

सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ ?

१) बिशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिनेे l

२) बिशेष महाधिवेशन परिमार्जन सहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने l 

३) सभापतिले सक्रिय भुमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने 

४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने 

५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने

६) कुनैपनी दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने l

७) नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने l 

८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने l जसमा – कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने l

मुस्कुराउँदै फेरि पढें यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ- काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ l बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ !
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार