नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बैठक सुरु भएको हो ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो । बैठकमा विशेष महाधिवेशन पक्षधरको आठबुँदे प्रस्तावका विषयमा छलफल हुने बताइएको छ ।
कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने लगायत प्रस्ताव विशेष महाधिवेशन पक्षधरको रहेको छ ।
त्यसैगरी तेस्रो प्रस्तावमा प्रधानमन्त्रीको उमेदवार अहिले नै तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने प्रस्ताव रहेका छन् ।
निर्वाचनमा केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उमेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने प्रस्ताव रहेका छन् ।




प्रतिक्रिया दिनुहोस्