फागुन २१ को निर्वाचन लक्षित एमालेको तयारी: महेश र राजनले सम्हाले राजधानीको कमाण्ड

भक्तराज जोशी

नेकपा (एमाले) ले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी काठमाडौँबाट आफ्नो देशव्यापी चुनावी अभियान शुरु गर्ने भएको छ।

एमाले बागमती प्रदेश कमिटीका इन्चार्ज एवं पार्टी सचिव महेश बस्नेतका अनुसार आगामी माघ ४ गते काठमाडौँमा विशाल जनप्रदर्शनसहित यो विशेष अभियानको औपचारिक थालनी गरिनेछ।

यसैगरी, एमालेको संशोधित विधानबमोजिम गठित ‘राजधानी विशेष कमिटी’ को घोषणा र चुनावी अभियानको शुरुवात भने माघ २ गते नै गरिने राजधानी विशेष कमिटीका इन्चार्ज डा. राजन भट्टराईले जानकारी दिएका छन्।

पुस २६ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले फागुनको निर्वाचनका लागि देशभर आक्रामक रूपमा चुनावी अभियान चलाउने निर्णय गरेको थियो, जसको प्रारम्भिक विन्दु काठमाडौँलाई बनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार