नीति र नेतृत्व दुवै फेर्न माग गर्दै बन्द सत्र बाहिर प्रदर्शन

भृकुटीमण्डपको हलमा कांग्रेस विशेष महाधिवेशनको बन्द सत्र चलिरहँदा बाहिर नाराबाजी भएको छ।

मंगलबार बिहान ९ बजेदेखि भृकुटीमण्डपमा जारी बन्द सत्रमा टोली नेताहरूले दुई महामन्त्रीको प्रस्तावमा सुझाव प्रस्तुत गरिरहँदा हलबाहिर प्रतिनिधिहरूले नाराबाजी गरेका हुन्।

उनीहरूले जारी विशेष महाधिवेशनबाट नीति र नेतृत्व दुवै फेर्नुपर्ने माग गरेका छन्। ‘नीति मात्रै बन्दैन‍ौं’, ‘झुठो वार्ता मान्दैनौं’ , ‘नीति र नेतृत्व परिवर्तन गर्’ लगायतका नारा लगाएका छन्। 

बन्द सत्र जारी रहँदा लाजिम्पाटको एउटा घरमा विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच वार्ता भइरहेको छ। यद्यपि वार्ता सकारात्मक नभएको बाहिरिएको छ। 

वार्तामा विशेष पक्षले आफ्ना अडानहरू राखेका छन्। 

पूर्णबहादुर खड्कालाई जेठसम्म कार्यवाहक दिनुपर्ने, सभापति देउवाको हस्ताक्षर नचल्ने  र  उनी चुनाव पनि नलड्ने अडान विशेष पक्षको अडान छ। साथै विशेष महाधिवेशनलाई पार्टीले स्वीकार गर्दै त्यहाँबाट पारित दस्तावेज कार्या‍न्वयन गर्नुपर्ने अडान विशेष पक्षको थियो।  

त्यसमा संस्थापन पक्षले खासै जबाफ नदिएको ती नेताले बताए। अहिले वार्ताको पहिलो चरण सकिएको र केही समयमै अर्को चरण सुरू हुने उनले जानकारी दिए। 

‘हाम्रो अडान राख्ने काम भयो। उताबाट यी अडान स्विकार वा अस्विकार केही भएन। फेरि बस्ने कुरा मात्रै भयो। आज नटुङ्गिए नेतृत्व चयन निर्वाचन प्रक्रिया अघि बढ्छ भनेका छौ,’ ती नेताले भने। 

छलफलमा विशेष महाधिवेशन पक्षबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी छन्।

देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्। 

संस्थापन पक्षका नेताहरूले भने विशेष महाधिवेशन आयोजना भइसकेको अवस्था रहेकोले यसलाई ’स्वीकार गर्ने’ र पार्टीलाई एकताबद्ध बनाएर लैजान सकिने विषयमा लचकता अपनाउन सकिने बताइरहेका छन्।

आम चुनावको मुखमा पार्टी विभाजन हुन नहुने तर्फ जोड दिँदै संस्थापन पक्षका नेताहरूले जसरी पनि पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताइरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार