समाजसेवी छेदुलाल चौधरी सम्मानित

निर्माण व्यवसाय तथा सामाजिक सेवाको क्षेत्रमा निष्ठा, इमानदारी र गुणस्तरीय कार्यशैलीमार्फत समाजमा सकारात्मक पहिचान स्थापित गर्दै आएका समाजसेवी छेदुलाल चौधरीलाई चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा ‘चैतन्य प्रेरणादायी समाजसेवी सम्मान’ प्रदान गरिएको छ।

गुणस्तरीय भौतिक पूर्वाधार निर्माणमा सक्रिय रहँदै निस्वार्थ सामाजिक सेवामार्फत समुदायको उत्थानमा उल्लेखनीय योगदान पुर्‍याएको उच्च कदर स्वरूप उनलाई महोत्सवको आज सातौँ दिन कार्यक्रमका प्रमुख अतिथि कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरी , चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा र अध्यक्ष गणेश प्रसाद जोशीले उनलाई सम्मान–पत्र तथा दोसल्ला सहित चौधरीलाई सम्मानित गरिएको हो।

सम्मान ग्रहण गर्दै चौधरीले चैतन्य पाठशालाप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि सामाजिक सेवा र गुणस्तरीय निर्माणमार्फत समुदायप्रतिको दायित्व पूरा गरिरहने प्रतिबद्धता जनाए। उनले युवापुस्ताले इमानदारी, परिश्रम र सेवा भावलाई जीवनको मूल मूल्य बनाउनुपर्ने सन्देशसमेत दिएका छन्।

चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, उद्यमशीलता, खेलकुद तथा सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम निरन्तर भइरहेको आयोजकले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार