जिल्ला अस्पताल बाजुरामा पहिलो पटक माईक्रोवायलोजी  ल्यावसेवा सुरु 

दुर्गम,विपन्नता र अभावले थलिएको र  देशको ७७ औं  स्थानमा पर्ने  जिल्ला बाजुरामा पछिल्लो पटक स्वास्थ्य र सञ्चार निक्कै फड्को मारेको छ । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यक्षेत्र पछिल्लो समयमा उल्लेखनीय सुधार हुँदै आएको महसुस भएको छ । जिल्लामा दक्षजनशक्ती , भौतिक संरचना औषधि  उपकरण नहुँदा सामान्य विमरको उपचार गर्न पनि जिल्लाले रिफर गर्नु पथ्र्योे । सडकसञ्जालको पहुँच नहुँदा डोको पिठ्युँमा बोकेर  जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा पु¥याउनु पर्ने बाध्यता थियो । 

पछिल्लो समयमा जिल्लामा अन्य संरचनाको तुलनामा स्वास्थ्य क्षेत्रका आधुनिक भौतिक संरचना तथा अत्याधुनिक उपकरण जडान हुँदा विभिन्न खाले उपचार जिल्लामै सम्भव भएको छ । जिल्ला अस्पताल बाजुराले थप सेवा प्रभावकारी बनाउन शनिबारदेखि जिल्लामै पहिलो पटक माईक्रावायलोजी ल्यावसेवा सञ्चालनमा ल्याएको छ । 

यो सेवा थपिएसंगै  अब ल्याबमा कल्चर सेवासुचारु भएको छ । यसले गर्दा कुन रोग कुन किटाणु -जीवाणु ले गर्दा भएको हो थाह पाईन्छ । र त्यस रोगमा कुन एन्टीवायोटिकले काम गर्छ त्यो पनि थाह हुन्छ । यसले रोगको सहि निदान उपचारमा ठूलो सहयोग हुनेछ जिल्ला अस्पताल बाजुराका प्रमुख एबं डाक्टर चन्द्रशेखर यादवले जानकारी दिए । 

  विगतमा कुन रोग कुन किटाणुवाट हो ठ्याक्कै भन्न नसकिने अवस्था थियो । अनि एन्टिवायोटिक सहि प्रयोग हुने अवस्था थिएन । कुन एन्टिवायोटिकले काम गर्छ,कुनले काम गर्दैन थाहहुंदैन थियो । माइत्र्रmोवायलोजी सेवा सुचारु हुंदा अव उपचारमा सहज हुनेभयो कार्यालय प्रमुख डाक्टर यादवले भने ।  जिल्ला अस्पताल बाजुराको भवनमा जडान गरिएका उपकरणले सहजताका साथ काम गर्नपनि सजिलो भयो । ल्याव प्रमुख वि एम एल टी  राम विष्टले भने । 

  दक्षजनशक्ती तथा उपकरणको सहजाता हुंदा अहिले जिल्ला अस्पतालबाट दैनिक दुईसय  बढी  विरामीको उपचार भैररहेको छ । बाजुराका नौवटै पालिका लगायत छिमेकी जिल्ला मुगु, बझाङ्ग र हुम्लाबाट पनि रिफरल विरामी आउने गरेका छन् डाक्टर यादवको भनाई छ । पछिल्लो जिल्लामा स्त्रीरोग विशेषज्ञे डाक्टर, हाडजोर्नी तथा नसारोग विशेषज्ञे ,सहित  अहिले जिल्ला अस्पताल बाजुरामा ११ जना डाक्टरको टिम छ । अव यो जिल्लामा  अतिसघन उपचार कक्ष (आईसियु) लगायत दक्ष जनशक्तीको ब्यबस्थापन गर्न सके अधिकाँस विरामीले जिल्लामै सुलभ स्वास्थ्य उपचार पाउने छन् कार्यालय प्रमुख यादवले भने । 

जिल्ला अस्पताल बाजुराको पहल र विश्व स्वास्थ्य संगठनको खर्चमा उक्त उपकरण जडान गरेका हुन् ।  विश्वस्वास्थ्य संगठन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौं मार्फत अत्याधुनिक ल्याबका उपकरण जिल्ला अस्पताललाई हस्तान्तरण गरी जडान कार्यसम्पन्न भईसकेको छ । आइतबारदेखि नियमित सेवा प्रवाह गरिने जिल्ला अस्पताल बाजुराले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार