विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तनको प्रस्ताव अघि बढेपछि पूर्णबहादुर खड्काले गरे यस्तो अपिल

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुक गम्भीर राजनीतिक अवस्थाबाट गुज्रिरहेको भन्दै पार्टीका सम्पूर्ण पंक्तिलाई एकताबद्ध भएर प्रतिनिधिसभा निर्वाचनमा लाग्न अपिल गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा जारी विशेष महाधिवेशनले नेतृत्व फेर्ने गरी प्रस्ताव अघि बढाएपछि कार्यवाहक सभापति खड्काले यस्तो अपिल गरेका हुन् । 

खड्काले प्रतिनिधिसभा विघटनपछि देशमा अन्योल र अनिश्चितता बढेको उल्लेख गर्दै आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारू गर्नु आवश्यक रहेको बताएका छन् ।

उनले यस्तो संवेदनशील घडीमा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन अपरिहार्य रहेको उल्लेख गर्दै पार्टीभित्र देखिएको असहज र अन्योलको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

अपिलमा भनिएको छ, “नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन अपरिहार्य छ, तर नेपाली कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएको छ । नेपाली कांग्रेसले देशमा बिषम परिस्थिति उत्पन्न भएको बेला ईतिहासको विभिन्न कालखण्डमा परिस्थितिको सहि मूल्यांकन गरी आफ्नो नेतृत्वमा उचित निकास दिएको हाम्रो ईतिहास छ ।”

आगामी वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व परिवर्तन सहज रूपमा गर्न सकिने अवस्था सुनिश्चित भइसकेको खड्काले बताएका छन् । 

उनले भनेका छन्, “नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार