धरान नगर पञ्चायतका पूर्व प्रधानपञ्च राईको निधन

निशा राई 

धरान, पुस २८ गते । धरान उपमहानगरपालिकाको तत्कालीन धरान नगर पञ्चायतका पूर्व प्रधानपञ्च, पूर्व सञ्चार सहायकमन्त्री कृष्णकुमार राईको निधन भएको छ ।

संविधान सभा सदस्यसमेत रहनुभएका राईकोे ८० वर्षको उमेरमा काठमाडौंस्थित आफ्नै निवासमा आइतबार साँझ निधन भएको हो । उहाँ धरान नगर पञ्चायतको २०३५ सालदेखि २०४१ सालसम्म प्रधानपञ्च हुनुभएको थियो । 

२०४६ सालको परिवर्तनपछि नेकपा एमालेको राजनीतिमा सक्रिय भई पछिल्लो समय राई काठमाडाैंमा बस्दै आउनुभएको थियो । राई एमालेका पूर्व केन्द्रीय सल्लाहकार परिषद् सदस्य र त्यसअघि सुनसरी १ बाट २०७० सालमा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । 

प्रधानपञ्च राईको निधनमा नगर प्रमुखस्तरीय निर्णयबाट आज धरान उपमहानगरपालिकामा शोक बिदा दिइएको प्रशासन महाशाखाका प्रमुख वेदप्रसाद सापकोटाले जानकारी दिनुभयो । आज उपमहानगर कार्यालय, मातहतको स्वास्थ्य कार्यालय (अत्यावश्यक बाहेक), वडा कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहेको उपमहानगरले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार