प्रहरीले एम्बुलेन्सबाट ढुवानी हुँदै गरेको ४५९ किलो गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना.४ च ६४७४ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा आइतबार राति बरामद गरेको हो ।
एम्बुलेन्सका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्