रिमा विश्वकर्मा रास्वपामै, उज्यालो नेपाल पार्टीका क–कसले लिए समानुपातिकबाट नाम फिर्ता ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भङ्ग भएसँगै प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फको सूचीमा अन्योल भएको छ । पार्टी एकताको घोषणासँगै उज्यालो नेपाल पार्टीबाट पनि उम्मेदवार समेटेर रास्वपाले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाएको थियो ।

पार्टी एकता भङ्ग हुँदा एकातिर उज्यालो नेपाल पार्टीले आयोगलाई समानुपातिकतर्फको छुट्टै बन्दसूची बुझाउने सीमा घर्किसकेको छ भने रास्वपाले यसअघि बुझाएको सूचीबाट कतिपयले नाम फिर्ता लिएसँगै नयाँ नाम बुझाउनुपर्ने भएको छ ।

रास्वपाको समानुपातिक सूचीमा परेका केहीले भने उज्यालो नेपाल पार्टीमा नफर्किने निधो गरेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सूची अद्यावधिक गरेको छ । रास्वपाले अद्यावधिक गरेको सूचीमा यस अघि उज्यालो नेपालका तर्फबाट समानुपातिक सूचीमा परेकी रिमा विश्वकर्माको नाम यथास्थानमै राखिएको बुझिएको छ ।

उनी पार्टी स्थापनादेखि नै उज्यालो नेपालको अभियानको अग्रभागमा देखिँदै आएकी थिइन्, तर रास्वपासँग एकता भङ्ग भएपछि उज्यालो पार्टीले गरेको पत्रकार सम्मेलनमा उनलाई देखिएन ।

उज्यालो नेपालका एक केन्द्रीय सदस्यका अनुसार रिमा पार्टी बैठकमा उपस्थित भएकी थिइन्, तर छोटो समय बसेर फर्किएकी थिइन् । उनले भने, ‘केन्द्रीय समिति बैठकमा उपस्थित हुनुहुन्थ्यो, तर छोटो समय बैठकमा बसेर कसैलाई नपर्खिकन हिँडिहाल्नुभयो । उहाँको आँखामा आँसु भरिएको देखिन्थ्यो ।’

ती केन्द्रीय सदस्यका अनुसार रिमा अब उज्यालोमा नर्फकने जस्तो अवस्था देखिएको छ । यद्यपि रिमाले अहिलेसम्म ठोस जानकारी नदिएको ती नेताले बताए ।

स्रोतका अनुसार रिमा रास्वपाको बन्द सूचीबाट नाम फिर्ता नलिने पक्षमा छिन् । कानुनतः उनी रास्वपामा नरहे पनि बन्दसूचीबाट हट्नुपर्ने बाध्यता छैन ।

त्यस्तै, उज्यालो नेपाल पार्टीबाट रास्वपाको समानुपातिक सूचीमा रहेका डा.अभिषेक राज सिंहले नाम फिर्ता नगर्ने संकेत गरेका छन् । उनले आफू छलफलमै रहेको बताए । उनले भने, ‘म अहिले छलफलमै छु । केही निर्णय गरेको छैन ।’

तर स्रोतका अनुसार उनी रास्वपासँग एकताको पक्षमा निरन्तर लागेका थिए । त्यसैले उनी उज्यालो नेपालमा नफर्कने सम्भावना बढेको छ । उनको नाम रास्वपाको समानुपातिक सूचीमा मधेसी कोटामा चार नम्बरमा छ । त्यसैले पनि उनी रास्वपामै रहने सम्भावना बलियो रहेको स्रोतको दाबी छ ।

रास्वपा र उज्यालो नेपालबिच एकता सम्झौता हुँदा दुई दलले समानुपातिकतर्फको सूची भागबन्डा गरेर बुझाएका थिए । तर, शनिबार साँझ दुई दलबिचको एकता भाँडिएसँगै रास्वपाले उज्यालो नेपालतर्फबाट यसअघि बुझाइएको नामहरूलाई अध्यावधिक गरेको छ ।

नाम फिर्ता लिने घोषणा

त्रिशला गुरुङ

महेन्द्र लावती

तुलसा वाइवा

सोमप्रसाद चौधरी

तत्कालीन अध्यक्ष अनुप उपाध्याय

यता निर्वाचन आयोगले बन्दसूचीमा रहेका व्यक्तिले नाम फिर्ता नलिएसम्म केही गर्न नसक्ने बताएको छ । आयोगका अनुसार बन्दसूचीमा रहेका व्यक्तिहरू जुन पार्टीका हुन्, उसले नाम फिर्ता नलिएसम्म अद्यावधिक हुन सक्दैन । सम्बन्धित दलले नाम फिर्ता लिन नमानेको खण्डमा जुन दलको बन्दसूचीमा नाम रहेको छ, उसकै उम्मेदवार हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार