‘गोर्खा पल्टनमा…’, सँधै सबैले सम्झिरहनेछन् तिम्रो हँसिलो अनुहार…

धनगढी । ‘तिम्रै माया लाग्छ सोल्टिना, ए सोल्टिना, सोल्टिना, सोल्टिना… जाउँला रेलैमा सरर, गोर्खा पल्टन’

कुनै बेला यो गीत सबैको मुखमा झुण्डिएको मात्र थिएन, मनमा बसेको पनि थियो । अहिले पनि यो गीत मन नपराउने सायदै कोही होलान् ।

त्यसैमाथि सांस्कृतिक कार्यक्रम, विद्यालयमा हुने कार्यक्रम र देउसी भैलोमा अहिले पनि यो गीत त्यतिकै बज्छ ।

अब प्रश्न, गोर्खा पल्टन भन्ने बित्तिकै तपाईंलाई कसको याद आउँछ ? पक्कै पनि धेरैको जवाफ प्रशान्त तामाङ नै हुनुपर्छ । प्रशान्त तामाङ इन्डियन आइडल विजेता हुन् । उनले थुप्रै नेपाली गीत गाएका छन् । तीमध्ये प्रख्यात र सबैले रुचाएको गीत गोर्खा पल्टन नै हो ।

आज त्यही गीतका गायक प्रशान्त तामाङ हामीमाझ छैनन् । उनको दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो ।

आज तीनै गायक तथा नायक तामाङ हामीमाझ छैनन् । तर उनका अभिनय र गीतहरु हामीमाझ जीवन्त बनेका छन् । सँधै सबैले सम्झिरहने उनका कालजयी रचना र नेपाली संगीत र फिल्म क्षेत्रमा उनले खेलेको भूमिका अभूतपूर्व छन् ।

प्रशान्तलाई अलविदा, तिमी नरहे पनि सारा नेपाली र सारा विश्वले सँधै सम्झिरहनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार