इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन, हृदयाघातको आशंका

इन्डियन आइडल सिजन–३ का विजेता गायक तथा नेपाली फिल्मका लोकप्रिय नायक प्रशान्त तामाङको निधन भएको छ। परिवारजनका अनुसार उहाँको दिल्लीस्थित निवासमै निधन भएको हो। हृदयाघातको आशंका घटनाको विस्तृत विवरण आउन भने बाँकी छ।

संगीत र अभिनय दुवै क्षेत्रमा प्रशान्त तामाङले उल्लेखनीय योगदान दिएका थिए। सन् २००७ मा इन्डियन आइडल सिजन–३ को उपाधि जित्दै उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषीको पहिचान स्थापित गरेका थिए। त्यसपछि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दै उनले थुप्रै फिल्ममार्फत दर्शकको मन जित्न सफल भए।

सरल व्यक्तित्व, सुरि स्वर र प्रेरणादायी करियरका कारण प्रशान्त तामाङ लाखौँ दर्शकका प्रिय कलाकार थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार