दुईवटा वैदेशिक भ्रमण त्याग्दै मन्त्री महावीर पुनले भने- विदेश घुमेर अर्थतन्त्र बन्छ ?

 शिक्षामन्त्री महावीर पुनले देशको बिग्रँदो अर्थतन्त्रलाई मुख्य प्राथमिकतामा राख्दै आफ्ना निर्धारित तथा प्रस्तावित सबै वैदेशिक भ्रमणहरू रद्द गर्ने घोषणा गरेका छन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताकाे अमेरिका भ्रमणको विषय विवादमा तानिएकाे बेलामा सामाजिक सञ्जालमार्फत मन्त्री पुनले मुलुकको आर्थिक अवस्था नाजुक रहेका बेला विदेश सयर गरेर समय र राज्यको स्रोत खर्च गर्नुको कुनै अर्थ नरहेको स्पष्ट पारेका हुन् ।

मन्त्री पुनले आफू पदमा आएपछि यसअघि नै आएका तीनवटा विदेश भ्रमणका निमन्त्रणा अस्वीकार गरेको जानकारी दिए । उनले भनेका छन्, “म मन्त्री भएपछि पहिले नै तय भएका तीनवटा भ्रमणमा गइनँ। अहिले फेरि दुईवटा नयाँ निमन्त्रणा आएका छन्, त्यसमा पनि सहभागी नहुने निर्णय गरेको छु।”

विदेश भ्रमणको औचित्यमाथि प्रश्न उठाउँदै उनले थपेका छन्, “देशको अर्थतन्त्र नसुधारे सम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केहि प्रगति हुनेवाला छैन किनभने केहि गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार