देउवा निवासमा शेखर कोइरालासहितको छलफलमा के भयो कुरा ?

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा नेता डा. शेखर कोइरालासहित पदाधिकारीहरूको छलफल भएको छ ।

छलफलमा कोइरालाले पार्टी फुटको पीडा बोकी नसक्नुको हुने भन्दै फुट जोगाउन सबैले आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरेका थिए । पार्टी विभाजनबाट कति मानिस जान्छन् भन्ने हिसाब गर्नु दुःखद हुने भन्दै उनले विभाजनले सन्देश नै गलत दिने बताएका थिए ।

बिहान सभापति देउवासँग डेढ घण्टा संवाद गरेका कोइरालाले आफ्नो प्रस्तावमा संस्थापन पक्षको राय मागेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार सभापति देउवाले पनि मिलाउने प्रयासका लागि अगुवाइ गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालालाई नै आग्रह गरेका छन् ।

“सकेसम्म मिलाएर लैजान पहल गर्नुहोस् । उनीहरू पार्टी छोडेरै जान तयार भएका होइनन् भने समझदारीमा आउनेछन्,” देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, “पार्टीकै बैठकबाट औपचारिक आह्वान गर्नुहोस् । व्यक्तिगत पहल पनि जारी राख्नुहोस् ।”

देउवाले पार्टी फुटमा नजाओस् भन्ने पक्षमा आफूले पनि प्रयत्न गर्ने बताएका थिए । देउवा निवासको बैठकपछि सबै नेता कार्यसम्पादन समितिको बैठकका लागि सानेपातर्फ लागेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार