सभापति देउवा र नेता कोइरालाबिच भेटवार्ता

सारांश

  • नेपाली कांग्रेसका नेताहरू शेरबहादुर देउवा, शेखर कोइराला र मिनेन्द्र रिजालबीच भेटवार्ता भयो।
  • उनीहरूले महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनबारे छलफल गरे।
  • कोइरालाले देउवालाई विशेष महाधिवेशन रोक्न आग्रह गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, इतर समूहका नेता डा शेखर कोइराला र डा मिनेन्द्र रिजालबिच भेटवार्ता जारी छ । कोइराला रिजाललाई लिएर देउवा निवास महाराजगञ्ज पुगेका हुन् । 

उनीहरूबिच कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशनबारे कुराकानी भइरहेको छ । 

कोइरालाले देउवालाई जसरी भए पनि विशेष महाधिवेशन रोक्न आग्रह गर्न देउवालाई भेटेको कोइराला निकट स्रोतले जानकारी दियो । 

महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरे पनि त्यो विधानसम्मत नभएको कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार