धनगढी: सुदूरपश्चिम प्रदेशस्थित नेपाल–भारत सीमा नाकामा निर्माण भइरहेको ‘इन्टिग्रेटेड चेकपोष्ट’ आज प्रदेश सरकारका तीन मन्त्रीले निरीक्षण गरेका छन्। आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले त्रिनगर (गौरीफन्टा) र गड्डाचौकी नाकामा निर्माणाधीन चेकपोष्टको अवस्थाको अवलोकन गरेका हुन्।
आर्थिक मामिला मन्त्री थापाले भने, “नाकामा चेकजाँच व्यवस्थित गर्न र भारतबाट आउने आम नागरिक तथा पर्यटकलाई सहज बनाउन इन्टिग्रेटेड चेकपोष्ट निर्माण भइरहेको छ।” उनले यो परियोजनाका लागि मन्त्रीपरिषद्मा छलफल गरी बजेट विनियोजन गरिसकेको पनि जनाए।
निर्माणाधीन चेकपोष्टमा स्क्रिनिङ मेसिन राखेर सामान र व्यक्तिहरूको चेकजाँच गर्ने व्यवस्था गरिएको छ।




प्रतिक्रिया दिनुहोस्