काठमाडौं । राष्ट्रियसभामा चार सिट नपाउने भएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्योलमा रहेको छ । उमेदवारी दर्ताको समय सुरु भइसक्दा पनि नेकपा अन्योलमा रहेको छ ।
कांग्रेस र एमालेले तीन सिटका लागि मात्रै तालमेल गर्न सकिने बताएपछि नेकपाले के गर्ने भन्नेबारे निर्णय गर्न सकेको छैन ।
“मतभारका आधारमा सहमति गरौँ भनिएको हो । मतभारअनुसार हामीले चार सिट पाउनुपर्छ । तर, तीन सिटको कुरा गरिरहनुभएको छ,” नेकपाका एक नेताले बाह्रखरीसँग भने, “मिलेर जाऔँ भन्न पनि कांग्रेस र एमालेका नेताले छोड्नुभएको छैन ।”
तालमेल भन्दैमा ‘लतारिएर’ जान नहुने पक्षमा छलफल भइरहेको ती नेताले जानकारी दिए । “एक्लै उमेदवारी दिने कि समझदारी गर्ने छलफल चलिरहेको छ,” उनले भने ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारहरूको मनोनयन हुँदै छ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारी दर्ताको कार्यतालिका छ ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्