राष्ट्रिय सभामा नेकपाले माग्यो चार सिट, सहमति गर्ने जिम्मा प्रचण्डलाई

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले राष्ट्रिय सभा सदस्यमा चार सिट दाबी गरेको छ । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको एकता घटकहरूको परामर्श बैठकमा कम्तीमा चार सिट पाएमा कांग्रेस र एमालेसँग तालमेल हुने संयोजक पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरेका छन् । 

यस विषयमा कांग्रेस र एमालेसँग छलफलकै क्रममा रहेकाले कुन दलले कति पाउने भन्नेमा टुङ्गो नलागेको नेता महिन्द्र राय यादवले जानकारी दिए ।

‘नेकपाको मतभार अनुसार चार सिट पाउनुपर्छ । त्यसमा सहमति भयो भने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेसँग तालमेल हुन्छ । सहमति गर्ने जिम्मा हामीले संयोजकलाई दिएका छौँ । उहाँले दलहरूसँग बसेर टुङ्ग्याउनुहुन्छ’, रातोपाटीसँग यादवले भने ।

यस्तै नेकपाको केन्द्रीय समितिको सङ्ख्या कति हो भन्ने विषयमा समेत टुङ्गो नलागेको उनले बताए । एकता प्रक्रियामा जोडिने क्रम जारी रहेकाले केन्द्रीय समितिको आकार २५ सय नाघ्न सक्ने यादवले बताए ।

२९ गतेसम्म कार्यदलले सङ्गठनात्मक संरचना टुङ्गो लगाएर शपथग्रहण गर्ने र त्यसपछि विधान अनुसार केन्द्रीय कार्य समिति विस्तार हुने उनले स्पष्ट पारे ।

यादवले राष्ट्रिय सभा सदस्य निर्वाचन बाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग तालमेल नहुने बताए । 

प्रचण्डको भारत भ्रमणको सन्दर्भमा नेपालमा समयमै निर्वाचन होस् भन्ने भारत सरकारको चाहना रहेको बैठकमा जानकारी गराइएका यादवले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार