सीपी अस्पतालको आयोजनामा बेलडाँडीमा निःशुल्क स्वास्थ्य परीक्षण हुने

भक्तराज जोशी

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। यही पुस २६ गते शनिबार बेलडाँडी गाउँपालिका कञ्चनपुरको भवनमा उक्त निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिन लागेको हो।

बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने शिविरमा विभिन्न रोगको परीक्षण तथा परामर्श सेवा निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ। शिविरमा जनरल सर्जनद्वारा पथरी, बवासीर, हर्निया, हाइड्रोसिल, फिस्टुला, पित्तथैलीको पथरी, एपेन्डिक्स लगायतका रोगको जाँच गरिनेछ।

त्यसैगरी फिजिसियनद्वारा दम, छाती दुख्ने, ब्लडप्रेसर, मधुमेह, थाइराइड जस्ता रोगको परीक्षण तथा परामर्श, भिडियो एक्स–रे सेवा, हाडजोर्नी तथा नशारोग विशेषज्ञद्वारा हाड दुख्ने, घुँडा तथा जोर्नी दुख्ने, हड्डी चिरिएको लगायतका समस्याको परीक्षण तथा परामर्श प्रदान गरिनेछ।

शिविरमा नाक, कान, घाँटी रोग विशेषज्ञद्वारा नाक बन्द हुने, एलर्जी, कान तथा घाँटीसम्बन्धी रोगको जाँच, साथै स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वारा महिलासम्बन्धी सम्पूर्ण रोगको जाँच तथा परामर्श सेवा उपलब्ध हुनेछ। शिविरमा आवश्यक निःशुल्क औषधि वितरणको व्यवस्था पनि गरिएको छ।

बेलडाँडी गाउँपालिका वडा नं. २ तथा गाउँपालिकाको कार्यालय कञ्चनपुरको व्यवस्थापनमा आयोजना हुन लागेको उक्त शिविर सीपी अस्पताल प्रा.लि., धनगढी–३ बोराडाँडीको आयोजनामा हुन लागेको हो। आयोजकले स्थानीय नागरिकलाई अवसरको सदुपयोग गरी स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार