सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा कुलपति नियुक्ति किन रोकियो ? कहाँ चुक्यो सरकार ?

भक्तराज जोशी

धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्ति रोकिँदा अहिले प्रतिष्ठान नेतृत्वविहीन छ । कुलपति नियुक्तिका विषयमा स्पष्ट व्यवस्था गरिए पनि कार्यान्वयन नहुँदा कुलपति नियुक्ति विवादित मात्र बनेको छैन थप जटिल पनि बनेको छ ।

यसो त यसअघि प्रदेश सरकारका मुख्यमन्त्री नै प्रतिष्ठानको कुलपति हुने व्यवस्था थियो ।  

तर हाल उक्त व्यवस्था परिमार्जन गरी प्रतिष्ठानको कुलपति बाहिरबाटै नियुक्ति गर्ने व्यवस्था गरिएको छ । मुख्यमन्त्री कुलपति नरहने बरु बाहिरैबाट नियुक्ति गर्ने व्यवस्था लागू गर्न गत साउनमा प्रस्ताव गरिएको थियो । 

प्रदेश सभा सामाजिक विकास समितिले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ मार्फत सो प्रस्ताव गरेको थियो । उक्त विधेयक सुदूरपश्चिम प्रदेश सभाले ऐनका रुपमा लागु गरिसकेको छ ।  

उक्त ऐन अनुसार  प्रतिष्ठानमा दरखास्त माग गरेर प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने व्यवस्था लागू गरिएको छ । 

सो व्यवस्था अनुसार प्रतिष्ठानको कुलपति दरखास्त माग गरेर प्रतिस्पर्धाका आधारमा नियुक्त गर्नुपर्छ । मुख्यमन्त्री विशेष संरक्षकका रुपमा रहनेछन् ।

तर उक्त व्यवस्था लागू भएको दुई महिना बित्न लाग्दा पनि प्रतिष्ठानको उपकुलपति नियुक्ति हुन सकेको छैन ।

यता अहिलेसम्म प्रतिष्ठानको कुलपति नियुक्ति प्रक्रिया नै अघि नबढेपछि सरकारमाथि नै कुलपति नियुक्तिको विषयमा प्रश्न उठेको छ । यतिसम्म कि कतिपयले राजनीतिक भागबण्डामा कुरो नमिलेकै कारण कुलपति नियुक्ति रोकिएको आरोप लगाएका छन् । 

अर्कोतर्फ केहीले भने आर्थिक चलखेलको समेत आशंका व्यक्त गरेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार