प्रतिनिधिसभाका लागि एमाले बैतडीबाट भण्डारी र दार्चुलाबाट ठगुन्ना सर्वसम्मत सिफारिस

बैतडी: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडी र दार्चुला एमालेले उम्मेदवार सिफारिस गरेका छन् । बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्नाको नाम एमाले सिफारिस गरिएको हो । 

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका भण्डारी विघठित प्रतिनिधिसभा सदस्य हुन् । उनी जेन–जी आन्दोलनले सरकार ढल्नुअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए । भण्डारी पछिल्लो तीन निर्वाचनमा विजयी भएका थिए । २०७९ सालमा उनले तत्कालीन माओवादी केन्द्रका नरेन्द्र कुवँरलाई पराजित गरेका थिए । उनी २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भएका थिए । 

दार्चुलाबाट सिफारिस ठगुन्ना एमालेको केन्द्रीय सदस्य हुन् । आइतबार बसेको एमाले जिल्ला कमिटीको बैठकले पूर्वमन्त्रीसमेत रहेका ठगुन्नाको एकल नाम सिफारिस गरेको हो । उनी २०७० सालको संविधानसभा तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट विजयी भएका थिए । ०७९ सालमा कांग्रेसका दिलेन्द्रप्रसाद बडूसँग उनी पराजित भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार