गृहमन्त्री अर्यालसँग मुस्लिम समुदायका प्रतिनिधिको छलफल

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टाछुट्टै समूहका प्रतिनिधिले गृह मन्त्रालयमा सामूहिक भेटवार्ता गरेका छन्।

भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र संघीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै समुदायले ज्ञापनपत्रसमेत बुझाएका हुन्।

भेटमा समुदायले बुझाएका दुई छुट्टाछुट्टै ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अर्यालले एकअर्काको धर्म र सम्प्रदायमाथि खलल पु¥याउने जोकोहीलाई सरकार र गृह प्रशासन तुरुन्त कारबाहीको दायरामा ल्याउन कटिबद्ध रहेको बताए। मन्त्री अर्यालले प्रदेश र जिल्ला तहमा धार्मिक आस्था र सहिष्णुता कायम गर्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए।

शान्तिसुरक्षा कायम गर्नु नै गृह प्रशासनको प्रमुख जिम्मेवारी भएको बताउँदै गृहमन्त्री अर्यालले यस कार्यमा प्रदेश सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी तथा अन्य समुदायले पनि उत्तिकै सक्रिय भूमिका खेल्ने रहनेमा जोड दिए।

‘कानुन हात लिएर कसैले कुनै शक्ति र समूहमा आबद्धता भएकै नाममा गैरकानुनी कार्य गर्छ भने त्यसलाई सरकारले आवश्यक कारबाहीको दायरामा ल्याइनेछ,’ मन्त्री अर्यालले भने।

भेटमा राष्ट्रिय मुस्लिम समन्वय समितिबाट मोहम्मद युनुस अहमर (हास्मी), मौलाना मजरुल हसन, सीमा खान, मौलाना खुसिद आलम र ताज मोहमद मियाँ, जमियाद उलमाह नेपालका तर्फबाट प्रतिनिधिबाट राष्ट्रियसभा सदस्य खालिद सिद्दिकी, कल्पना मियाँ, नेपाल हज कमिटीका अध्यक्ष मोख्तर अहमद, ताज मोहम्मद मियाँ र मोहम्मद फलाउ उल्लाह र संघीय लोकतान्त्रिक गठबन्धनकोतर्फबाट मोहम्मद रिजवान अन्सारी, विमला अन्सारीलगायतका प्रतिनिधिले समुदायमा बढ्दै गइरहेका केही असामाजिक, धार्मिक सहिष्णुता भड्कने खालका गतिविधि र आगामी फागुन २१ गतेको निर्वाचनका लागि शान्ति सुव्यवस्था खलबलिनसक्ने वातावरणतर्फ समुदायका प्रतिनिधिहरूले मन्त्री अर्यालको ध्यानाकर्षण गराएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार