रवि, कुलमान र बालेनबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति तथा ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच छलफल भएको छ ।

शनिबार राति बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा भएको भेटमा पार्टी समायोजन, समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भइरहेको बताइएको । यही विषयमा औपचारिक निर्णय लिन रास्वपाले आइतबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

यसअघि शुक्रबार रवि लामिछाने र कुलमान घिसिङबीच छुट्टै भेट भएको थियो भने शनिबार दिउँसो कुलमान, बालेन र रास्वपाका नेताहरू केन्द्रीय कार्यालयमै लामो छलफलमा बसेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार