धनगढी । नेपाली कम्युनिष्ट पार्टीले डोटीबाट उम्मेदवारका लागि प्रकाश जोशीको नाम सिफारिस गरेको छ ।
पार्टीको डोटी जिल्ला कार्यदलको बैठकले साविक इन्चार्ज त्रिलोचन भट्टको अध्यक्षतामा जिल्लामा क्रियाशील घटकका पदाधिकारीको सहभागितामा फागुन २१ गते हुने निर्वाचनका लागि प्रकाश जोशीको नाम सिफारिस गरेको हो ।
पार्टीको जोशीको नाम नव युवा कलस्टरबाट सिफारिस गरेको छ । जोशी युवामाझ लोकप्रिय छन् ।
डोटीबाट जोशीसँगै त्रिलोचन भट्ट (खस आर्य), हर्क बहादुर सिंह (खस आर्य), जंग विक (दलित), अन्जिता श्रेष्ठ (महिला जनजाती), सिद्धराज विक (दलित), विर बहादुर थापा (नव युवा) र धनबहादुर बिष्ट (युवा)को नाम पनि उम्मेदवारका लागि सिफारिस गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्