फजुल खर्च कटौती गरेको प्रदेश सरकारले झन्डै ८ करोड पर्यटन भत्ता बाढ्दै!

भक्तराज जोशी

धनगढीः कर्मचारी समायोजन हुँदा सुदूरपश्चिम प्रदेश सरकार मातहतमा दुई हजार ७१५ दरबन्दी समायोजन भएको थियो। २०७४ मा स्वीकृत दरबन्दीभन्दा केही कम कर्मचारी प्रदेशमा समायोजन भएर आएका थिए। प्रदेश सरकारसँग अहिले दुई हजार ३०४ स्थायी दरबन्दी छन्।

सुदूरपश्चिम सरकारले प्रदेशको आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने भन्दै २०७७ सालमा प्रदेश निजामती कर्मचारी आन्तरिक भ्रमण निर्देशिका ल्याएको थियो। उक्त निर्देशका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ बाट प्रदेशमा कार्यरत निजामती कर्मचारीहरूलाई आन्तरिक पर्यटनमा जान बिदा र खर्च गर्न रकम दिँदै आएको छ।

आन्तरिक पर्यटन भ्रमण जाने प्रदेश निजामती कर्मचारीले सात दिनसम्मको काज लिन पाउँछन् भने सुरूको तलब बराबरको भ्रमण खर्च पाउँछन्। तर अधिकांश कर्मचारीहरूले भ्रमण बिदा स्वीकृत गराएर घरमै बस्ने तर भत्ता बुझ्ने गरेको बताइन्छ।

प्रदेश सरकारले प्रदेश निजामती कर्मचारी नियमावली ल्याएपछि उक्त नियमावलीमा समेत कर्मचारीहरूलाई पर्यटन भत्ता र बिदा दिने व्यवस्था राखिएको छ। प्रदेश निजामती सेवा नियमावली २०८१ को नियम ७४ मा कर्मचारीलाई वर्षमा बढीमा सात दिनसम्मको पर्यटन बिदा उपलब्ध गराउने व्यवस्था राखिएको छ।

नियमावलीमा  प्रदेशमा कार्यरत प्रमुख सचिव र प्रदेश सचिव बाहेक अन्य कर्मचारी कम्तिमा निरन्तर ६ महिना रुजु हाजिर भएमा पर्यटन बिदाको सुबिधा पाउने उल्लेख छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार