रास्वपाको समानुपातिक बन्दसूचीमा चितवनबाट २१ उम्मेदवार

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा चितवनबाट नागरिकता लिएका २१ जनाको नाम समावेश भएको पाइएको छ। समानुपातिक उम्मेदवार सूचीमा चितवनबाट सबैभन्दा धेरै उम्मेदवार परेका हुन्। चितवन रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रसमेत हो।

चितवनपछि मोरङ जिल्लाबाट १५ जना उम्मेदवार समानुपातिक सूचीमा परेका छन्। यद्यपि सुदूरपश्चिम, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लाबाट भने समानुपातिकतर्फका उम्मेदवार शून्य रहेका छन्।

रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुसालका अनुसार पार्टीको प्राइमरी निर्वाचनमार्फत चितवनबाट डा. मनोहर प्रधान, प्रभा ढकाल र समिना मियालाई समानुपातिक उम्मेदवारका रूपमा छनोट गरिएको हो।

अन्य केही उम्मेदवार पनि चितवनकै नाममा सूचीमा परेको भन्ने सुनेको उल्लेख गर्दै भुसालले ती व्यक्तिहरूले नागरिकता चितवनबाट लिएको भए पनि स्थायी रूपमा त्यहाँ बसोबास नगरेको हुन सक्ने वा बालेनजी तथा उज्यालो नेपाल पार्टीबाट सिफारिस भएर आएको हुन सक्ने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार