काठमाडौं– यसअघि मन्त्री र सांसद बनेका नेताको नामलाई काट्दै नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा समानुपातिक सूचीमा नराख्ने निधो गरेको छ।
संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहित पार्टीका शीर्ष नेतृत्वबीच आज बिहान भएको छलफलमा यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई यसपटक सूचीमा राखिने छैन।
यहि मापदण्डका आधारमा सूची तयार पारिनेछ।
सोमबार समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन सिफारिस सूचि तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिष्ट पार्टीले गरेको हो।




प्रतिक्रिया दिनुहोस्