राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगपालिकाका प्रमुख बालेन्द्र शाहबीचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ।
रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगपालिकाका प्रमुख शाहबीचको वृहत् एकतासम्बन्धी सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकले राष्ट्र हितका लागि बृहद् आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकको व्याप्त भ्रष्टाचार, बेतिथि र सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने निर्णय गरेको छ।
रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच लामो छलफलपछि आइतबार बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको छ।
सहमति अनुसार एकतापश्चातको पार्टीको नाम, झन्डा र चुनाव चिह्न रास्वपाकै रहनेछ।
त्यस्तै रास्वपाले बालेन शाहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानेछ।
पार्टी नेतृत्वमा भने सभापति लामिछाने नै कायम रहने र बालेनको वरीयता दोस्रो रहने सहमति छ।




प्रतिक्रिया दिनुहोस्