जेनजी आन्दोलन : आगजनी र तोडफोडको आरोपमा ९१२ जना पक्राउ

१३ पुस, काठमाडौं । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा ९१२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

जेनजी आन्दोलन यता देशभरका विभिन्न ठाउँहरूबाट ९१२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

व्यक्ति हत्या, सर्वोच्च, सिंहदरबार जस्ता संरचना तोडफोड र आगजनी, व्यक्तिको निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा ९१२ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरू मध्ये केही अदालतमा मुद्दा दायर भएर पुर्पक्षमा गइसकेका छन् । केही भने सामान्य तारेख तथा धरौटीमा रिहा भएका छन् । केही व्यक्तिमाथि अहिले पनि अनुसन्धान भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार