नेकपाबाट पत्रकार हर्कसिंह प्रपाला समानुपातिक उम्मेदवारमा सिफारिस

धनगढी । प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव हर्कसिंह प्रपाला हरिशलाई नेपाली कम्युनिष्ट पार्टी कैलालीले प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली  क्षेत्र नम्बर ५ बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ । प्रपालालाई अल्पसंख्यक तथा लोपउन्मुख क्लष्टरबाट उम्मेदवार सिफारिस गरिएको हो ।



नेकपा कैलालीले जिल्लाका सबै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकमा आकांक्षा राख्नेहरुको नाम टुङ्ग्याउदै केन्द्रमा सिफारिस गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले उम्मेदवार छनौट र सिफारिसको कार्य धमाधम गर्दै आएका छन् । समानुपालिकमा सिफारिसपछि प्रपालाले आफनो पार्टीप्रतिको त्यागलाई मुल्याकंन गरेर समानुपातिकमा सिफारिस गरेकोमा खुशी व्यक्त गरे ।

करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय प्रपालाले करिब १७ वर्षदेखि एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरोमा कार्यरत छन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रको सुभेच्छुक संगठन प्रेस सेन्टर कैलालीका पूर्वअध्यक्ष समेत हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार